देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी

देशान्तर

काठमाडौँ – सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी छ।

बैठकमा नेपाली कांग्रेसबाट अजय चौरसिया, जीवन परियार र रमेश लेखक छन्। त्यस्तै नेकपा एमालेबाट सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे, राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला र किसन श्रेष्ठ तथा कानून तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान छन्।

सभामुख चयन भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका घिमिरेले संसदमा दलको भूमिका, संसदको काम प्रभावकारी बनाउन चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्न लागेका हुन्।

घिमिरे माघ ५ गते प्रतिनिधि सभाबाट सभामुखमा निर्वाचित भएका थिए। उनले शुक्रबार राष्ट्रपति समक्षा पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका थिए।