देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हामीले अपराधी पक्राउ गर भनेका हौं : गृहमन्त्री खतिवडा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले फरार सांसद् लक्ष्मी महतो कुइरीलाई पक्रन सरकार गम्भीर नबनेको बताएका छन्।

शनिबारको प्रतिनिधि सभामा बोल्दै सांसद् खतिवडाले गृह मन्त्रालयले फरार सांसद् पक्रन पत्र काट्नु अनुचित रहेको बताएका हुन्।

उनले गृहमन्त्रालयले अपराधीलाई पक्राउ गर्नको साटो विज्ञप्तीबाजी गरेर मिडियामा सस्तो लोकप्रियता कमाउन लागि परकेो उल्लेख गरे।

माननीय सांसद्ले अपराधी चिनाइदिनुपर्ने हो। अपराधी पक्राउ गर्नुको साटो विज्ञप्ती जारी गरेर बसेको छ, उनले भने, सदनभित्र हतकडी लिएर आउनु भनेको छौ ररु अपराधी पक्रन भनेका हौं। सभामुखसँग रुलिङ मागेका हौं।

उनले उच्च अदालतले समेत पक्राउ गर्न आदेश गरेको मान्छेलाई किन पक्राउ गर्न नसकेको भन्दै पश्न गरे।

गृहमन्त्री अपराधी पक्राउ गर्नभन्दा पनि विज्ञप्ती जारी गरेर मिडियामा सस्तो लोकप्रियतामा लाग्नुभएको छ। अब सांसदहरुले अपराधी चिनाइदिनुपर्ने होरु, खतिवडाले प्रश्न गरे।