देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परराष्ट्रमन्त्री पौड्याल र चिनियाँ राजदूतबीच भेटवार्ता

देशान्तर

काठमाडौं – परराष्ट्रमन्त्री विमला राई पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

शुक्रबार उनीहरूबीच द्विपक्षी सम्बन्धका बारेमा छलफल भएको हो।

उनीहरूबीच समसमायिक मुद्दाहरूमा पनि छलफल भएको परराष्ट्र स्रोतले बतायो। राजदूत सोङले बिआरआई परियोजना र एक चीन नीतिमा मन्त्री पौड्यालको सहयोग मागेको स्रोतको भनाइ छ।

राजदूत सोङले परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि छलफल गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भेटको पुष्टि गरेका छन्। मैले परराष्ट्रमन्त्री सम्मनीय डा। विमला राई पौड्यालज्यूसँग भेटघाट गरेको छु।

हामीले द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छौं। सोही दिनमा मैले परराष्ट्र सचिव भरतराज पौड्यालज्यूसँग पनि भेटेको छु, उनले भनेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाए‍सँगै राजदूत सोङ राजनीतिक भेटघाट व्यस्त छन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विभिन्न मन्त्री-नेताहरूसँग भेटवार्ता गरेका छन्।