देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्र र नेसपा एकताबीच एकताका लागि गहन छलफल

देशान्तर

काठमाडौं –  नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।

दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान, प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले जानकारी दिए ।

नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते अर्को बैठक बसेर एकताको टुंगो लगाइने श्रेष्ठको भनाई छ ।