काठमाडौं – नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन् ।शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले यस्तो बताएका हुन्।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए । उनले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए ।उनले भने, ‘राजनीतिमा हारजित भइराख्छ, तर हामीले एउटा मुद्दामा हामी खडा भएको हो ।
हामीले प्रधानमन्त्रीलाई पनि जुन मत दिएका थियौँ । त्यो मुद्दाकै आधारमा संविधान रक्षाको विषयलाई उठाएकाले हामीले दिएका हौँ । यो सभामुखको पद र राष्ट्रपतिको पद यो संवैधानिक पद मात्रै नभएर पार्टीको दलगत स्वार्थ भन्दा माथि उठेर संविधान रक्षाको पक्षमा, कानूनी शासनको पक्षमा र संसदको गरिमा र मर्यादालाई कायम राखेर एक पक्षमा हुनुपर्ने भएकाले अहिले जसरी सत्ताधारी दल र त्यो पनि ओलीजीको संयोजनमा जसरी उम्मेदवारी दिइरहेको छ, त्यसले संविधानमाथि नै भोलि कुठराघात हुने खतरा भएको छ ।
त्यसकाप्रति हामीले खबरदारी गरेका छौँ । गठबन्धनलाई फ्याक्शन गराउने भन्दा पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । हिजो प्रचण्डजी संविधानकै पक्षमा उभिन्छु संविधानको रक्षाका लागि गठबन्धन बन्यो ।
अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ । ओलीजले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ । अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । स्वार्थमा मुन्टो लुकाएर बस्ने भयो भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने उहाँहरुकै हातमा छ ।’नेपाली काँग्रेसका प्रवक्तासमेत रहेका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल हुनुभएको बताए ।





प्रतिक्रिया