देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सोनाम ल्होसार पर्व मनाईंदै

देशान्तर

तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदैछन् ।

काठमाडौँ लगायत तामाङहरुको बसोबास रहेका स्थानमा आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ ।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको हो ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

सरकारले सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।