देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भुइँमान्छेको अवस्था बदल्नुपर्छ, चिच्याएर र कटाक्ष गरेर होइन बहस गरौं : देवेन्द्र पौडेल

देशान्तर

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सदन भवनलाई कटाक्ष भूमि नभइ रचनात्मक बहसको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद् भुइँमान्छेको दैनिकी बदल्ने कोणबाट बहस हुनुपर्नेमा जोड दिए । “व्यवस्था फेरियो अवस्था फेर्ने चरणमा छौं । चिच्याउने मात्र होइन, आँगन र भुइँमान्छेहरुको आँगन र चुलोमा लोकतन्त्र पुर्‍याउने हो । भुइँमान्छेको हालत कस्तो छ भन्ने कुरा विदेशीएकाहरुबाट हेर्न सकिन्छ । उनीहरुलाई नेपाल फर्काउने वातावरण बनाउनुपर्छ,” उनले भने ।

साथै उनले अदालतले पार्टी विभाजन गरेको सरकार ढालेका जस्ता विषयहरुमा बहस गर्न जरुरी नरहेको संकेत गरे । बाहिर बसेर आलोचना गर्नेहरु र चर्का कुरा गर्नेहरु पनि यही संसद्मा रहेको भन्दै बहसबाट अवस्था परिवर्तन गर्ने गरी नीति निर्माण बनाउन ध्यान दिनुपर्ने जिकिर गरे ।

“हिजो अदालतले गरेको कुराहरुमा कटाक्ष गरेर सदन बितायो भने विदेशमा भएका युवाहरुले के हेर्ने ?,” उनले भने, “अर्थतन्त्र बिग्रियो भनेर नभनौं तर सप्रेको पनि छैन । सर्पाने हामीले हो । त्यसमा छलफल गरौं । तीन विषयमा राष्ट्रिय सहमति खोजौं ।”