देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ राजनीतिक दलका लागि संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन : गृहमन्त्री लामिछाने

देशान्तर

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्को बहसले नयाँ पार्टी उत्साहित नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भने, “नयाँ राजनीतिक दल, नयाँ आशा र उमंग बोकेर आएका हामीजस्ता राजनीतिक दलका लागि संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन । बहस विषयकेन्द्रित हुन जरुरी छ । गरिमामय संसद्मा उपस्थित हुने जाँगर कम हुन्छ ।”

उनले हिजोका ‘गन्थन’मा आफूहरूलाई चासो नभएको बताए । संसद् जनताको चासोको हुनुपर्ने र गृहकार्य गरेर बहस गर्नुपर्नेमा उनले जोड दिए ।

“राज्यका अंगलाई थिलथिलो बनाइएको छ । कमजोर बनाउने जसबाट काम भए, त्यही कोणबाट प्रश्न आउने रहेछन्,” उनले भने, “म त्यसको प्रतिउत्तर होइन, कामका माध्यमबाट त्यसको जवाफ आफैँ उपस्थित होस् भन्ने भन्ने चाहन्छु ।”

उनले गृह मन्त्रालयको प्रणाली सुधारतर्फ लागिएको पनि बताए । “उठेका सम्पूर्ण विषयमा केही दिनमा नै निर्णयमा पुग्छौँ । मेरो दलको तर्फबाट खाटा बसेको काम कोट्ट्याउने हुने छैन,” उनले भने ।

उनले मिडियामा आउने अनेक विषयमा ‘कमेन्ट’ गर्ने पक्षमा आफू नभएको समेत बताए ।