देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सार्वजनिक संस्थानले खर्च कटौती गर्नु पर्छ : अर्थमन्त्री पौडेल

देशान्तर

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अर्थतन्त्रलाई ध्यानमा राखेर सार्वजनिक संस्थाले खर्च कटौती गर्नु पर्ने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको २८ औं वार्षिकोत्सवमा बोल्दै नेपाली अर्थतन्त्रमा केही चाप, समस्या र चुनौती भएकोले सार्वजनिक संस्थाले पनि खर्च कटौती गर्नु पर्ने बताए ।

“अहिलेको अवस्था हेरेर सार्वजनिक संस्थानहरूले खर्च कटौती गर्नुपर्छ,” उनले भने, “प्रतिकुल अवस्थालाई हामीले ध्यान दिनु पर्छ ।” खर्च कम गर्न मितव्यायी अपनाउनु पर्ने पनि बताए ।

राजस्व संकलन कम हुँदा खर्च परिचालनमा समस्या परेको उनले बताए । ३५ प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेकाले तिनलाई बैंकिङ पहुँचमा ल्याउन सरकारी बैंकले प्राथमिकता दिनु पर्ने मन्त्री पौडेलले बताए ।

सरकारी बैंकको सेवा प्रवाह सहज हुनुपर्ने र निजी बैंकसँग प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि बताए ।