देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आत्मदाहको प्रयास गर्ने प्रेमले यसरी खोले असफलताको कथा !

देशान्तर

काठमाडौं – नयाँ बानेश्वरको संसद भवन अगाडी आत्मदाहका प्रयास गरेका प्रेमप्रसाद आचार्यले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले व्यापार व्यवसायमा जताततै असफलता व्यहोरेपछि आत्महत्याको प्रयास गरेको उल्लेख गरेका छन् ।

आफूलाई युवा उद्यमी भन्दै ३६ वर्ष पार गर्दा पनि गरिएको कुनैपनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै असफलताको कथा लेखेको बताएका छन् ।

देशमा उद्यमदेखि विदेश जाँदासम्म भोगेका विषयवस्तु उल्लेख गर्दै उनले सरकार माथि थुप्रै प्रश्न समेत गरेका छन् ।

आचार्यले आत्महत्याको प्रयास गर्नुभन्दा केही मिनेटअघिमात्रै लामो स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘म एक आम युवा, आम उद्यमी, आम व्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)–११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए ।’ उनले थप भनेका छन्, ‘आज छत्तिसौ वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको तितो सत्यलाई ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्या र ती समस्याहरूबाट पाएको शून्य उपलब्धि आज सरसरती यो सामाजिक सञ्जालमा लेख्ने अनुमति चाहन्छु ।’ उनले यो एक आत्मवृत्तान्त असफलताको कथा पनि भनेका छन् ।

https://www.facebook.com/premprasad.acharya.1/posts/5407275866050985