देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।

भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, प्रदेशमा मन्त्री परिषद् विस्तार, राष्ट्रिय सभा उपनिर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ।

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि बुधबार सत्तारुढ दलको तर्फबाट एमालेले कुमार दसौदी र नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन्।

नागरिक उन्मुक्ति सत्ता गठबन्धनमा आबद्ध रहेपनि रेशम चौधरीलाई नछुटाएको भन्दै उम्मेदवार बनाएको हो।