देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

देशान्तर

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

आम निर्वाचनपछि पहिलो पटक बसेको बैठकमा निर्वाचनको समीक्षा, गठबन्धन सरकारले गरिरहेका काम तथा विभिन्न पार्टीसँग गर्न लागिएको एकताका विषयमा छलफल गर्ने तयारी छ।

यस्तै पार्टीको संगठनात्मक गतिविधिलगायत समसामयिक विषयमा छलफल गर्ने तयारी रहेको पार्टी सचिवसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

गत निर्वाचनमा संघीय संसदको तेस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्दै सरकारको नेतृत्व गरिरहेको छ।

बैठकमा विभिन्न पार्टीसँग एकता गर्ने विषयमा भएका प्रगतिबारे पनि छलफल हुनेछ। माओवादी केन्द्रले डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी तथा नेकपा एकीकृत समाजवादी लगायतसँग एकता गर्न कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता टोली बनाएको यियो।

बैठकमा एकताका विषयमा भएको प्रगतिबारे वार्ता टोली संयोजक महराले स्थायी कमिटीलाई जानकारी गराउने बताइएको छ।