देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रूसले युक्रेनमाथि गर्यो फेरि मिसाइल प्रहार,किभमा एकजनाको मृत्यु

देशान्तर

एजेन्सी – रूसले युक्रेनमाथि फेरि मिसाइल प्रहार गरेको छ।

मिसाइल प्रहारबाट युक्रेनको राजधानी किभमा एकजनाको मृत्यु भएको छ। हमलापछि किभको केही स्थानमा बिजुली अवरोध भएको छ।

हालसम्म रूसले युक्रेनको राजधानी किभमा कयौं मिसाइल प्रहार गरिसकेको छ। मिसाइल प्रहारबाट ओडेसाका काला सागर क्षेत्रमा रहेको महत्‍वपूर्ण इन्फ्रास्ट्रक्चरमा ठूलो क्षति पुगेको छ। किभका मेयरले यस घटनाको पुष्टि गरेका छन्।

न्युज एजेन्सीका अनुसार रूसको मिलाइल प्रहारपछि युक्रेनमा अलर्ट जारी गरिएको छ। देशभर हवाई सतर्कता जारी भएपछि राजधानीका मेट्रो स्टेसनमा ठूलो संख्यामा मानिसहरु शरण लिन पुगेका थिए।

रूसले अक्टुबरबाट युक्रेनको पावर ग्रीडमाथि हवाई हमला जारी राखेको छ। ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि देशमा बिजुली आपूर्ति हुन सकेको छैन।