देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि लामिछानेकाे प्रतिक्रिया, ‘म अनागरिक भएँ, सर्वोच्चको फैसला स्वीकार्छु’

देशान्तर

काठमाडौं – सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । सिंहदरवारस्थित गृह मन्त्रालयको प्रांगणमा उनले सञ्चारकर्मीसँग अदालतभन्दा माथि कोही नरहेको भन्दै अदालतको फैसला स्वीकार गर्ने बताए।
‘अदालतको फैसला स्वागत गर्छु, स्वीकार गर्छु। अदालतभन्दा माथि कोही छैन,’ उनले भने। त्यसबाहेकको प्रश्नमा उनले जवाफ दिन चाहेनन्। उनले आफू केही नरहेको र अनागरिकसँग यी प्रश्न नसोध्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको थियो। त्यससँगै उनको सांसद र मन्त्री पद गुमेको छ। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए।