देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

चितवन–२ मा उपनिर्वाचन हुने

देशान्तर

काठमाडौं – सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

लामिछाने शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएकाे उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पुस ११ गते उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि लामिछानेको मन्त्री, सांसद र सभापति पद गुमेको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ ।

सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो ।चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए ।