देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यागमनको सर्भर डाउन हुँदा उडान प्रभावित

देशान्तर

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।“सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्”, उनले भने ।

महाप्रबन्धक ठाकुरले ‘म्यानुअल्ली’सञ्चालनका लागि आफूले आग्रह गरे पनि ‘अथोरिटी’ नभएको भन्ने जानकारी प्राप्त भएको बताए । यसअघि पनि यस्तो समस्या आउने गरेको उनको भनाई छ ।

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको छ ।

उडान बन्द भएसँगै हाल विमानस्थलमा यात्रुहरूले अध्यागमन विरुद्ध नाराबाजी गरिरहेका छन् ।