देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज आउँदै

देशान्तर

काठमाडौं – अमेरिकी सरकारको उपविदेशमन्त्री भिक्टोरीया नुल्यान्ड आज काठमाडौं आउँदैछिन् ।

उनले अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्दै आएकी छन् ।

उपमन्त्री नुल्यान्डले नेपाल बसाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरूसँग भेटने कार्यक्रम रहेको छ । उनले परराष्ट्रमन्त्री विमला पौड्यालसँग समेत भेट गर्नेछिन् ।

परराष्ट्र मन्त्रालयलले उनको भ्रमणका बारेमा औपचारिक रुपमा केही बताएको छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि उच्चस्तरीय कुटनीतिज्ञको यो पहिलो नेपाल भ्रमण हो ।