देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल विश्वविद्यालयको विधेयकमाथि विद्यायन समितिमा छलफल हुँदै

देशान्तर

काठमाडौँ – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ।

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ का विषयमा छलफल गर्ने कार्यसूची रहेको राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले जानकारी दिए।

मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयसहितका विश्वविद्यालयको राज्यले समुचित व्यवस्थापन गर्न नसकिरहेका बेला नयाँ विश्वविद्यालयको आवश्यकता माथि नै प्रश्न उठेको छ। तर, मुलुकको सर्वाङ्गीण विकासका लागि योगदान दिन सक्ने दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्ने उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न लागिएको विधेयकको प्रस्तावनामा उल्लेख छ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका बाहिर परिषद्ले तोकेको स्थानमा राख्ने प्रस्ताव विधेयकमा गरिएको छ।