देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्य एकैदिन १२ ले सय बढ्यो, हालसम्मकै उच्च

देशान्तर

काठमाडौँ –बिहीबार सुनको मूल्य इतिहासकै सबैभन्दा धेरै भएको छ।

पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय तोकिएको छ । बुधबार प्रतितोला १ लाख ६ हजार ३ सयमा कारोबार भएको थियो।

आज एकैदिनमा प्रतितोला १२ सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । यसअघि माघ १२ गते सुनको कारोबार प्रतितोला १ लाख ६ हजार ९ सय पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार छ । अघिल्लो दिन उक्त सुन १ लाख ५ हजार ८ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १५ ले बढेर प्रतितोला १ हजार ३ सय ९५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।