देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

देशान्तर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल गर्ने तयारी छ।

रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय दिन प्रधानमन्त्रीले आनाकानी गरेको विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न लागेको हो। गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको रास्वपाले आज त्यसविषयमा पनि छलफल गर्दैछ ।

‘हाम्रो बैठक अघि नै गृहमन्त्रीको नाम मागियो भने कसलाई पठाउने भनेर हामी छलफल गर्छौं।’ बुर्लाकोटीले भने, ‘अहिलेसम्म नाम मागिएको छैन। यो परिस्थितिमा कसरी जाने भनेर छलफल गर्न बैठक बस्न लागेको हो।’