देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि लामिछानेको समर्थनमा जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

देशान्तर

काठमाडौं- जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्री बनाउन माग गर्दै उनले जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि शरीरमा आगो लगाएर आफैंलाई जलाउने प्रयास गरेका हुन् ।

प्रहरीले उद्धार गरेपछि उनले भावुक हुँदै भने, ’यो देशमा मलाई बस्नै मन लागेन, हजुरहरूले पेट्रोल कहाँबाट ल्याए भन्नुहुन्छ, पेट्रोल जहाँ पनि पाइन्छ ।’ उनले भावुक हुँदै भने, ’यहाँ को छन् गतिला ? सहन सकिनँ ।’