देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुगमदेखि दुर्गमसम्म नाफारहित दुरसञ्चार र प्रविधिको सुविधा पुर्‍याउनुपर्छ: मन्त्री शर्मा

देशान्तर

काठमाडौँ  – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित भएपनि दुरसञ्चार र प्रविधिको सुविधा पुर्‍याउनुपर्ने बताएकी छन् ।

नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेटेर काम गर्नु पर्ने बताइन् ।

नेपाल टेलिकमको ग्राहकले तिरेको महसुलबाट सहि सदुपयोग गरेर सुलभ र गुणस्तरीय सेवा पुर्‍याउनुपर्ने बताइन् ।