देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १ अर्ब ४७ करोड

देशान्तर

काठमाडौं–  शेयर बजार सोमबार पनि सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार चार दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा पुगेको छ ।

सोमबार विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार दुई सय ५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सोमबारआदर्श लघुवित्तको शेयर १० प्रतिशत र मिथिला लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बाराही हाइड्रो पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।