देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त

नागरिक उन्मुक्ति पार्टीका सांसदहरू अनुपस्थित

देशान्तर

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्विकृत भएको छ। बिहीबार प्रदेशसभा बैठकले रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले जानकारी दिए। यससँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्।

उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए। सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरू बैठकमा अनुपस्थित भएपछि रावलले विश्वासको मत नपाएका हुन्। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभइसम्म विश्वासको मत नदिने अडान लिँदै आएको छ। गत पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।