देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गेटा मेडिकल कलेजलाई राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गरिने

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम प्रदेश क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञसहित मुख्यसचिव र शिक्षा तथा स्वास्थ्यसचिवसँग छलफल गरेका छन् ।

आइतबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो ‘सहिद दशरथचन्द राष्ट्रिय विश्वविद्यालय’का रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए ।

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले सोमबार कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने उनको सचिवालयले जनाएको छ ।

“मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ,” उनले भने, “गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो ।”