देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आत्महत्या रोक्न गम्भीर राष्ट्रिय विमर्श जरुरी छ: शर्मा

'सुन्नेका लागि आत्महत्या एउटा मृत्युमात्रै हो तर भोग्नेका लागि पीडाको आकार बेहिसाब छ'

देशान्तर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पछिल्लो दशकमा आत्महत्या दर ७८ प्रतिशतले वृद्धि भएको भन्दै त्यसका कारणहरूबारे राष्ट्रिस बहस हुनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेशबीचको असन्तुलनलगायत कारणले आत्महत्याको दर बढ्दो रहेको दाबी गरे ।

‘म भर्खरै इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा । माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसदको स्मृतिमा पक्कै ताजै छ,’ शर्माले भने, ‘सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्युमात्रै हो तर भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब छ ।’

उनले आत्महत्या रोक्नकालागि मुख्य चार विषयमा राष्ट्रिय विमर्श हुनुपर्ने माग गरे । ‘राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य । यी ४ गहन विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ,’ शर्माले अघि भने, ‘म सरकारको ध्यानाकर्षण गराउँदै दलहरू, मिडिया र समाजलाई विनम्र अपिल गर्दछु ।’