देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युएई भ्रमणका लागि नेपाली टिम घोषणा, सन्दीप लामिछाने परेनन्

देशान्तर

काठमाडौँ– नेपाल क्रिकेट संघ ९क्यान०ले युएई भ्रमणका लागि नेपाली टिमको घोषणा गरेको छ । क्यानले पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने बिना नै १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गत नेपालमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली क्रिकेट समर्थकहरूले सन्दीपलाई युएई लैजान दबाब दिएका थिए । क्यानले पनि त्यसको पहल गरे पनि अन्तिम समयमा त्यो हुन नसकेको बताइएको छ ।

नाबालिक बलात्कार मुद्दा खेपिरहेका सन्दीप २० लाख धरौटी तिरेर रिहाइ भएका थिए। अदालतले विदेश जान नपाउनेगरी फैसला सुनाएको थियो ।

क्यानले रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम९मौसम० ढकाललाई टिममा समेटेको छ । प्रतिश र श्याम पहिलोपटक राष्ट्रिय टिममा आबद्ध भएका छन् ।