देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनतालाई सिंहदरबार प्रवेशको व्यवस्था सहज बनाइयोस्: ज्वाला

देशान्तर

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सर्वसाधारणलाई सिंहदरबार प्रवेशको सहज व्यवस्था मिलाउन माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै ज्वालाले मन्त्री, सांसद र चिनेजानेका कर्मचारी नहुने व्यक्ति सिंहदरबार छिर्नै नसक्ने बताए।

‘सेवाग्राहीहरु सिंहदरबार बाहिर, मन्त्रालयजति सिंहदरबार भित्र हुने यस्तो अवस्थाको अन्त्य हुनुपर्छ।’ ज्वालाले भने, ‘हामी सुशासन, जवाफदेहिताको कुरा गर्छौं तर जनता प्रताडित गर्ने काम बन्द गरौं। सभामुखबाट आजै रुलिङ गर्नुपर्‍यो, सिंहदरबारभित्र जनता सहज रुपमा प्रवेश गर्ने व्यवस्था गरियोस्।’