देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले प्रतिपक्षी भईसक्यो,मन्त्रिपरिषद पुनर्गठन गरेर अघि बढ्छौं :प्रधानमन्त्री प्रचण्ड

देशान्तर

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमती राष्ट्रिय सहमती भएको बताएका छन् ।

उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्विकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि आफूले ८ राजनीतिक दलहरुसँग सहमती गरेर अघि बढनु परेको स्पष्ट पारे ।

आज काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतीका लागि काँग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्विकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतीका साथ अघि बढने निर्णय लिएको जिकीर गरे।

उनले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढने निर्णयबाट आफू खुशी र गौरवान्वित भएको समेत बताए । प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा भईसकेको उल्लेख गर्दै मन्त्रीपरिषद पुनर्गठन गरेर जाने बताए ।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे ।