देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पौडेललाई राष्ट्रपतिमा जिताउन आठ दलिय कार्यदल गठन

देशान्तर

नयाँ वनेको आठ दलिय गठवन्धनले राष्ट्रपति नर्वाचनका लागि कार्यदल गठन गरेको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरदसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहनु भएको छ ।

कार्यदलले आफ्नो पार्टीपंत्तिका सांसदलाई राष्ट्रपतिमा आठ दलिय गठवन्धन वाट उमेदवार वन्नु भएका रामचन्द्र पौडेललाई जिताउन भूमिका खेल्ने जिम्मेवारी तोकिएको छ । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ उम्मेदवारको रुपमा रहनु भएको छ ।