देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

देशान्तर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न सभामुख घिमिरे मंगलबार शितल निवास पुगेका थिए ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ आईपीयु बैठकबारे जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।

आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।