देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली सेनाका उपरथी शाहीलाई बर्खास्त

देशान्तर

काठमाडौं । नेपाली सेनाको कोर्ट मार्सलले  आर्थिक अनियमितता गरेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गरेको छ ।  उपरथी शाहीले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि बिहीबार सेनाको कोर्ट मार्सलले उनलाई सेवाबाट निष्कासित गरिएको हो ।

यस्तै शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरू प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरेको नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए ।

उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृतहरू पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवैलाई बोलाइएको थियो ।

उपरथी शाहीको कोर्ट अफ इन्क्वायरीपछि गत शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालतअन्तर्गत रहेर अर्का उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा कोर्ट मार्सल गठन गरेका थिए । झन्डै दुई महिनाको अनुसन्धानपछि शाहीविरुद्धको फैसला सुनाइएको हो ।