देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्च अदालतमा प्रचण्डविरुद्धको रिटमा सुनुवाई हुँदै

देशान्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हँदैछ ।

सर्वोच्चको जुनसुकै न्यायाधीशको एकल इजलासमा यो रिट सुनुवाइका लागि पर्न सक्छ । सोमबार प्रचण्डविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई फरक फरक रिट दायर गरेका थिए ।

निवेदकहरुले प्रचण्डद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उनीविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।

रिटमा बिहीबार प्रारम्भिक सुनुवाइमा निवेदक तर्फबाट बहस हुने छ । निवेदकतर्फको बहसपछि इजलासले रिट खारेज गर्न पनि सक्छ । रिट खारेज नभएको सन्दर्भमा अदालतबाट कारण देखाउ आदेश वा अन्तरिम आदेश जारी हुन सक्छ ।