देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाकाे निर्णय

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए ।

सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । यादवलाई उपराष्ट्रपतिमा पठाएर उपनिर्वाचनबाट संसद भवन प्रवेश गर्ने अध्यक्ष उपेन्द्र यादवले तयारी गरेका छन् ।अध्यक्ष यादव मंसिर ४ को निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।

जसपाले उपराष्ट्रपति पाउने सहमतिपछि अध्यक्ष यादवले उपनिर्वाचनको तयारी थालिसकेका छन् ।जसपा संसदीय दलको नेता समेत रहेका यादव बारा २ बाट निर्वाचित भएका थिए ।