काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पथ तथा गोपनियताको शपथ लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ ।
प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ । सोही अनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् ।
पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए ।
राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिँदैछ । उनी सोमबार निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन् ।





प्रतिक्रिया