देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शीतलनिवास छाड्ने तयारीमा राष्ट्रपति भण्डारी

'तत्कालका लागि छोरीको घरमा जाने'

देशान्तर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै भण्डारी शीतलनिवासबाट बाहिरिन लागेकी हुन् ।

भण्डारीको कार्यकाल गए रातिदेखि सकिएको छ ।

भण्डारी यसअघि काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा थिइन् । तर, त्यहाँ मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि छोरीको घरमा बस्ने उनका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए । “निवास तयार भएको छैन । छोरीको घरतिर जानुहुन्छ होला,” उनले भने ।

उनका अनुसार भण्डारीको छोरीको घर काठमाडौंकै महाराजगन्ज, बानियाँटार क्षेत्रमा पर्छ ।