देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रमिला यादवले लिइन् उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

देशान्तर

काठमाडौं– जनता समाजवादी पार्टी जसपाबाट उपराष्ट्रपतिकी उम्मेदवार बनेकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् । उम्मेदवारी फिर्ता लिएपछि उनले जसपाबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

यादवले विज्ञप्तिमा भनेकी छन्, ‘अब उपरान्त म उपराष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेशसभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु ।’