देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी सशस्त्र द्वन्द्वका शहीदहरुको नामावली राजपत्रमा प्रकाशित

देशान्तर

नेपाल सरकारको माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ७७ वटै जिल्लाका शहीदहरूको अभिलेख राख्न नामावली सार्वजनिक गरिएको हो ।

गएको फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।

राजपत्रमा प्रकाशित भएपछि जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारले यसअघि शहीद घोषणा भइ राज्यबाट प्राप्त गरेको सरह क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।