काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूमा निर्वाचितलाई बधाई दिएका छन् । बिहीवार महाराजगञ्जस्थित कोइराला निवासमा चियापानसहित नेता कोइरालाले स्ववियूमा निर्वाचित हुनेहरुलाई कार्यकाल सफलताका शुभकामनासहित बधाइ दिएका हुन् ।
स्ववियुमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उनले विद्यार्थीको हकहित र शैक्षिक मुद्दालाई केन्द्रमा राखेर काम गर्न पनि सुझाव दिए ।
उपत्यकाका क्याम्पस र उपत्यकाबाहिरका क्याम्पसबाट निर्वाचितहरु पनि कोइराला निवास पुगेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, शंकरदेव, पद्यकन्या, पब्लिक युथ, थापाथली इञ्जिनियरिङ, भक्तपुर बहुमुखी क्याम्पससहितका उपत्यकाका क्याम्पस र देशभर ११६ क्याम्पसमा नेविसंघले स्ववियू जितेको छ ।





प्रतिक्रिया