देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा ३३ प्रतिशत व्यक्ति अविवाहित

देशान्तर

काठमाडौं– नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत रहेका छन् ।

त्यसैगरी १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा रहेको तथ्यांक कार्यालयले उल्लेख छ।

हाल विवाहित पुरुष र महिलाहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेको कार्यालयले जनाएको छ।