काठमाडौं । सरकारले प्रदेश १ को नाम कोसी प्रदेशको नामकरण गरेपछि विरोध प्रदर्शनका जनधनको क्षतिको छानबिनका लागि समिति गठन गरेको छ ।
शनिबार सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वक्रममा भएका जनधनको क्षतिको छानबिनका लागि ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । आन्दोलनका क्रममा पदम लिम्बूको निधन भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका कार्यक्रमले सिंगो देशको ध्यानाकर्षण गरेको र त्यस विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छाडेर संवादमा आउन आन्दोलनरत पक्षसँग अपिल गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।
शनिबार प्रधानमन्त्री प्रचण्डले प्रदेश नामांकन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला संघ–संस्थाका प्रतिनिधिसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।
उक्त छलफलमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, सरकारका मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोदप्रकाश सिंह सहभागी हुनुभएको थियो ।





प्रतिक्रिया