देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले अध्यक्ष ओली आज अर्घाखाँची जाँदै

देशान्तर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जानुहुने भएको छ । सुपा देउराली मन्दिरको दर्शन र सन्धिखर्कमा आयोजना हुने पार्टीको कार्यक्रमका लागि ओली अर्घाखाँची जान लाग्नु भएको हो । पार्टिको मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने तयारि रहेको एमाले नेता गिरीधारीलाल न्यौपानेले जानकारी दिनुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गरेर ओलीले आजै सन्धिखर्क नगरपालिकास्थित अर्घा भगवति मन्दिरको दर्शन गर्ने कार्यक्रम राखिएको छ । त्यस्तै ओली अर्घाखाँचीको मालारानी हुँदै गुल्मीको सदरमुकाम तम्घास जाने कार्यक्रम छ । गुम्मीमा पनि एमालेले पार्टिको कार्यक्रम आयोजना गरेको छ ।