काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताएका हुन् ।
उनले भने, ‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन ।’
पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको र यो गठबन्धनबाट देशको भविष्य नरहेको बताए । ‘मुलुक अहिले ठुलो आर्थिक संकटमा छ, तर यो सरकारको त्यतातिर ध्यान छैन । पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ । यो गठबन्धनको सरकारबाट केही आष गर्न सकिदैन्,’ उनले भने ।
उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।
पौडेलले गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेलेलाई धोका दिएको बताए । ‘चुनावी गठबन्धनबाट सरकार बन्न नसक्ने भएपछि उहाँलाई केही सर्तसहित हामीले उहाँलाई साथ दियौं । तर उहाँले धोका दिएर जानुभयो,’ उनले भने ।
यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव नरहेको पौडेलेको दाबी छ ।





प्रतिक्रिया