देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था होस्ः खतिवडा

देशान्तर

काठमाडौं–  नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भईरहेको दृष्टान्त पेश गर्दै सरकारसँग सो माग गरेका हुन् ।

सांसद खतिवडाले सबै बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले भने, ‘सवारी दूर्घटनामा परेर घाईते भएकाहरुलाई सरकारले निशुल्क उपचारको व्यवस्था मिलाओस भनेर म माग गर्न चाहन्छु । ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाईते भएकाहरुको उपचार गर्न सक्ने अवस्था भएन । बसको विमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरुलाई विमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस भनेर आग्रह गर्न चाहन्छु ।’

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरुलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।