काठमाडौं – नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरु सजग हुन जरुरी रहेको बताएका छन्।
आईतवार आयोजित आजको पत्रकारिता, अबको पत्रकारिता विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताएका हुन्।
उनले पत्रकारितामाथि विश्वसनियताको खोजि गरिरहेको बताए । उनले पत्रकारहरुले आफूमाथि उठेका प्रश्नहरु स्वीकार्न सक्नुपर्ने बताए । उनले पत्रकारहरुले आफूले प्रश्न स्वीकार्न नसके अरुलाई प्रश्न सोध्ने अधिकार पनि नभएको बताए । उनले आफूमाथि उठेका प्रश्नहरु स्वीकारेर सच्चिन सक्नुपर्ने बताए ।
अध्यक्ष पोख्रलेलले आफ्ना समाचारहरु विश्वसनिय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमहरुले जोड दिनुपर्ने बताए ।





प्रतिक्रिया