देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहटमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु, एक बालिका घाइते

देशान्तर

काठमाडौं । रौतहटमा आगलागी हुँदा जलेर एक बालिकाको ज्यान गएको छ भने अर्की एक बालिका घाइते भएकी छन् ।

रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको ज्यान गएको छ भने अर्की एक बालिका घाइते भएकी छन् ।

गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो ।

उहाँकी १२ वर्षीया छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

राजियाको ज्यान गएको र उनकी बहिनी १० वर्षीया सजिया खातुन घाइते भएकी छन् । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भैरहेको छ ।

आगोले मोजिबुलको घरसहित १६ लाख रुपैयाँ र शेख ईशराजको घरसहित दुई लाख रुपैयाँ गरी १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आगो गएराति नै निभाइएको बताइएको छ । भुस र दाउराबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।