देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा नियमावली २०७९ पारित

सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता

देशान्तर

काठमाडौं – प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ । आईतवार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको हो ।

विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रश्ताव राखेका थिए ।

सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो । कार्यव्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्नेगरी संशोधन राखिएको थियो ।

सांसदहरू राजन केसी, सञ्जय गौतम, रामहरि खतिवडा, अम्मरबहादुर थापा, भानुभक्त जोशी, रेखा यादव, रुपा सोसी चौधरी, नरायणी शर्मालगायतले संशोधन राखेका थिए।

छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै नियमावाली मस्यौदाकार समितिको तर्फबाट सांसद रमेश लेखकले थप एक उपनियम थपेर परामर्श समितिको बैठक अधिवेशन चालु रहेका अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकताअनुसार बस्ने भनि थप गरिने जानकारी दिए।