देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

देशान्तर

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भूभाग लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।