देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने सांसद सापकोटाको प्रस्ताव

देशान्तर

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गर्नुभएको छ ।

आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रबृतिको अन्त्यका लागि बार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने उहाँको प्रस्ताव छ ।

चालु आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहँदा २५.८८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा परिक्षकको कार्यालयको तथ्याङ्क रहेको उल्लेख गर्दै उहाँले औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको बताउनुभयो ।

गत आर्थिक वर्षको अन्तिम महिनामा मात्रै २० प्रतिशत बजेट खर्च भएको स्मरण गर्दै उहाँले आगामी आर्थिक बर्षको बजेट ल्याउँदा यसतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गाराउनुभएको हो ।