देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घण्टी बजाएर थालिएको राजनीतिले नेपाली समाजलाई बुझेको छः रवि लामिछाने

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापित भनिएका पार्टीहरु र नाराले गाउँको समस्या अंकमाल गर्न नसकेको बताउनु भएको छ ।

आइतबार बारा २ को चुनावी सभालाई सम्बोधन पुग्नुभएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरु देश मात्र नभई विदेश फैलिए पनि त्यस्ता पार्टीहरुले आममान्छेलाई छुन नसकेपछि आफूहरु उपस्थित भएको बताउनु भयो ।

सभापति लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिलाई शुद्धीकरण गर्दै अगाडि बढ्ने अभियानमा आफनो पार्टी रहेकोले समाजमा स्थापित राजनीति दलको उदेश्य जनता प्रति उतरदायी नबन्दा राजनीति गलत व्याख्याको शिकार भएकोले आफ्नो दल जनता प्रति समर्पित रहने हालसम्मको निर्वाचित सांसदहरुको प्रस्तुतिले प्रष्ट पारेको जिकिर गर्नुभयो ।

घण्टी बजाएर थालिएको राजनीतीक विद्रोह मुलुकलाई ट्रयाकमा ल्याउन युवाहरुको विद्रोह भएकोले घण्टीको पवित्रता नै भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामिछानेले दाबी गर्नुभयो ।